बागमतीमा ४८ प्रतिशत नागरिकले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

तु खबर संवाददाता
२०७८ आश्विन २, शनिबार १०:००

मकवानपुर । बागमती प्रदेशमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणविरुद्ध पुर्ण खोप लगाउनेको कूल संख्या १८ लाख ९३ हजारभन्दा बढी पुगेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार, प्रदेश हालसम्म १८ हजार ९३ हजार ५३ अर्थात ४८ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका हुन् ।

प्रदेशमा ३ लाख ४७ हजार १ सय ५१ जना अर्थात ६१ प्रतिशले कोभिसिल्ड, ११ लाख ९८ हजार ४ सय ८८जना अर्थात ७२ प्रतिशतले भेरोसेल र ३ लाख ४७ हजार ४ सय १४ जनाले जोन्सन एण्ड जोन्सन खोप लगाएको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तम राज सेढाईले जानकारी दिए । उनका अनुसार, प्रदेशका १८ वर्ष भन्दा माथिका ५४ प्रतिशत अर्थात १३ लाख ४१ हजार ७ सय १८ जना नागरिकले कोरोना विरुद्धको कुनैपनि खोप लगाएका छैनन् ।

काठमाडौंका १ लाख ३९ हजार ७१ जनाले कोभिसिल्ड, ५ लाख ४ हजार २ सय ८७ जनाले भेरोसेल र १ लाख ५६ हजार २५ जनाले जोन्सन खोप लगाएका छन् । यसैगरी, ललितपुरका ३२ हजार २ सय ३३ जनाले कोभिसिल्ड, १ लाख ५६ हजार ८ सय ९७ जनाले भेरोसेल र ३३ हजार २ सय ४१ जनाले जोन्सन खोप लगाएका छन् ।

भक्तपुरका १६ हजार ४ सय ८८ जनाले कोभिसिल्ड, १ लाख १९ हजार ९ सय ११ जनाले भेरोसेल र १९ हजार ६ सय ८९ जनाले जोन्सन, रसुवाका ३ हजार ७० जनाले कोभिसिल्ड, १६ हजार १ सय ५६ जनाले भेरोसेल र २ हजार जनाले जोन्सन खोप लगाएका छन् । नुवाकोटका १८ हजार ७ सय ८५ जनाले कोभिसिल्ड, ३२ हजार ३ सय ९० जनाले भेरोसेल र ११ हजार ७ सय ८३ जनाले जोन्सन, धादिङका १२ हजार ७ सय १० जनाले कोभिसिल्ड, २४ हजार ७ सय ९ जनाले भेरोसेल र १५ हजार २ सय ८ जनाले जोन्सन खोप लगाएका छन् ।

चितवनका ३६ हजार २ सय १२ जनाले कोभिसिल्ड, ७९ हजार ३ सय ३७ जनाले भेरोसेल र ३६ हजार ५ सय ३७ जनाले जोन्सन, सिन्धुलीका ६ हजार ३ सय १२ जनाले कोभिसिल्ड, १४ हजार ९ सय २८ जनाले भेरोसेल र ११ हजार ९७ जनाले जोन्सन, मकवानपुरका १० हजार ६० जनाले कोभिसिल्ड, १४ हजार ३ सय ४ जनाले भेरोसेल र ५ हजार ९ सय २३ जनाले जोन्सन खोप लगाएका छन् । रामेछापका ३० हजार ३ सय ३४ जनाले कोभिसिल्ड, २३ हजार ९ सय ९८ जनाले भेरोसेल र १७ हजार २४ जनाले जोन्सन खोप लगाएका छन् ।

यसैगरी, दोलखाका ८ हजार ५ सय ५४ जनाले कोभिसिल्ड, १८ हजार ४ सय ४६ जनाले भेरोसेल र ५ हजार ३ सय २५ जनाले जोन्सन, काभ्रेका २१ हजार १ सय ९३ जनाले कोभिसिल्ड, ६३ हजार ५ सय ११ जनाले भेरोसेल र २१ हजार ६ सय ३९ जनाले जोन्सन र सिन्धुपाल्चोकका १२ हजार १ सय २९ जनाले कोभिसिल्ड, २८ हजार ६ सय १४ जनाले भेरोसेल र ११ हजार ९ सय २३ जनाले जोन्सन खोप लगाएका छन् ।

बागमती प्रदेशमा हालसम्म २५ लाख ७१ हजार ४ सय ५० जनाको कोरोना परीक्षण गर्दा ४ लाख २८ हजार १ सय ७९ जना अर्थात १७ प्रतिशत नागरिकमा कोरोना पुष्टि भएको छ । तीमध्ये हालसमम ४ लाख १३ हजार ९ सय ४१ जना अर्थात ९७ प्रतिशत नागरिक संक्रमणमुक्त भएका छन् भने ४ हजार ३ सय ८८ जनाको निधन भएको छ ।