धितो बोर्डले सातै वटा प्रदेशमा नयाँ ब्रोकरलाई लाइसेन्स वितरण गर्ने

तु खबर संवाददाता
२०७८ असार ५, शनिबार १६:५८
file-photo

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सातै वटा प्रदेशमा नयाँ ब्रोकरहरुलाई लाइसेन्स वितरण गर्ने तयारी गरेको छ ।

बैंक तथा वित्तीय क्षेत्रमा व्यक्तिगत लाभका लागि जस्तोसुकै निर्णय गर्न तयार भएका अर्थमन्त्री विष्णु पौडेलको दवावमा सातै वटा प्रदेशमा नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स दिने तयारी गरिएको हो ।

शेयर कारोबार राजधानी बाहिर पनि सहज र प्रभावकारी बनाउने भन्दै नयाँ ब्रोक लाइसेन्स दिन लागिएको हो । बैंकहरुलाई सहायक कम्पनी खडा गरी ब्रोक लाइसेन्स दिन कार्य रोकेका अर्थमन्त्री पौडेलले व्यक्तिलाई भने लाइसेन्स दिन लागेका हुन् ।

अर्थमन्त्रालयले नियमावली नै संशोधन गरेर राजधानी बाहिर ब्रोकर लाइसेन्स वितरण गर्न लागिएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*