नेता बानियाँद्वारा हेटौंडाको दुई वडामा खाद्यान्न सहयोग
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले हेटौंडा उपमहानगरपालिकाका दुई वडामा रहेको ६ सय ८० घरपरिवारलाई खाद्यान्न सामाग्री वितरण गरेका छन् ।
नेता बानियाँले कोरोना माहामारीका कारण भोकमरीमा परेका हेटौंडा उपमहानरपालिका १४ र १५ नम्बर वडाका ६ सय ८० घरपरिवारलाई खाद्यान्न सामाग्री वितरण गरेका छन् ।
हेटौंडा–१४ का ड्राईभरडाँडा, नयाँबस्ती, बँदेल धाप, मुयुरधाप, कालो पानी, उत्तर पानीका ६ सय ५० घरपरिवारलाई खाद्यान्न वितरण गरिएको हो ।
त्यस्तै हेटौंडा १५ को बगेरीमा ३० घरपरिवार गरिब तथा विपन्न परिवारलाई खाद्य सामाग्री सहयोग गरिएको हो ।
नेता बानियाँको विशेष सहयोगमा नेपाली कांग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेले प्रतिपरिवार २५ किलो चामल, नुन, तेल, दाल, मस्यौरालगायतका खाद्य सामाग्री सहयोग गरेका हुन् ।
कार्यक्रममा कांग्रेस हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, कांग्रेस कोभिड–१९ मकवानपुरका संयोजक उत्सव इटेनी, हेटौंडा–१४ का वडा सभापति बलराम बल, नेपाल महिला संघ हेटौंडा–१५ की अध्यक्ष मिना लामा, तरुण दल हेटौंडा१४ का वडा अध्यक्ष मनोज थिङ, समाजसेवी गोकुल लामा, गणेश ब्लोन, अजिता मोक्तान, बबिता मोक्तानलगायतको उपस्थिति रहेको थियो ।
