तरुणदल मकवानपुरगढी नदिजन्य पदार्थ बिक्री गर्न सहमत
मकवानपुर । तरूण दल मकवानपुरगढीले नदिजन्य पदार्थ उत्खनन गरेर जम्मा गरेको १० स्थानमध्ये २ स्थानको नदिजन्य पदार्थ बिक्रीका लागि सहमत भएको जनाएको छ ।
नदिजन्य पदार्थ उत्खननमा भएको अनियमितताबारे चरणबद्ध आन्दोलन गरिरहेको तरूण दलले गढीको २ स्थानको नदिजन्य पदार्थ विक्रिका लागि सहमत भएको हो ।
शुक्रबार तरूण मकवानपुरगढी गाउँपालिका संयोजक सानुकान्छा थिङले एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस विकासको बाधक नभई आम जनताको गुनासो र समस्या समाधानका लागि १० स्थानमध्ये द्द स्थानको नदिजन्य सामग्री वितरण गर्न दिने जानकारी दिएका हुन् ।
जारी विज्ञप्तिमा, मकवानपुरगढी गाउँपालिका वडा नम्वर २, ३ र ६ स्थित सामरी खोलामा उत्खनन् गरी राखीएको १० स्थानमा स्टक रहेको नदिजन्य पदार्थ बिक्रीका लागि रोक लगाईएकोमा नेपाली कांग्रेस मकवानपरगढी गाउँकार्य समितिको असार ३ गते मा बसेको बैठकबाट नेपाली काँग्रेस विकासको बाधक नभई १० स्थानमध्ये २ स्थानको पदार्थ बिक्री गर्नका लागि काँग्रेस मकवानपुरगढी गाउँपालिका कार्यसमितिको निगरानीमा बिक्री गर्न सहमति रहेको उल्लेख छ ।

