राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको एजेन्डा छोडेको छैनः कमल थापा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको एजेन्डा नछाडेको बताएका छन् ।
अध्यक्ष थापाले मंगलबार ट्विटरमा राप्रपा पटक–पटक सरकारमा गएको भएतापनि राजसंस्था र हिन्दुराष्ट्रको एजेन्डा नछाडेको बताएका छन् ।
राप्रपा पटकपटक सरकारमा गएको मतदातालाई चित्त नबुझेको भन्दै उनले अबदेखि गल्ती नदोहोरिने पनि उल्लेख गरेका छन् ।
मंगलबार साँझ थापाले ट्विटरमा लेखेका छन्,‘कतिपयमा राप्रपाबारे अझै भ्रम रहेको पाइन्छ। त्यसैले दोहोर्याए स्पष्ट पार्न चाहन्छुः पटकपटक हामी सरकारमा गएको मतदातालाई चित्त बुझेन, त्यो प्रत्युत्पादक भयो, गल्ती भयो, अब गल्ती दोहोरिने छैन । सरकारमा गएपनि राप्रपाले एक निमेष पनि राजसंस्था र हिन्दुराष्ट्रको एजेन्डा छोडेको छैन,छोडने छैन ।’
