मकवानपुरको राक्सिराङलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग
मकवानपुर । हिमाल मुटु अस्पताल काठमाडौंले मकवानपुरको राकिसराङ गाउँपालिकालाई ५ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना र नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँको विशेष पहलमा हिमाल मुटु अस्पतालले राक्सिराङ गापालाई उक्त ५ थान कन्सन्ट्रेटर सहयोग गरेको हो ।
बुधबार हेटौंडा उपमहानगरपालिका ६ मा निर्माणाधिन सिद्धस्थली रुलर कम्युनिटी अस्पतालको प्राङगणमा उक्त कन्सन्ट्रेटर नेताद्वय डिना र बानियाँले संयुक्तरुपमा राक्सिराङ गापाका अध्यक्ष राजकुमार मल्ललाई हस्तान्तरण गरेका हुन् ।
हेटौंडा ६ का वडाध्यक्ष अर्जुन चौलागाईको अध्यक्षतामा भएको सो कार्यक्रममा कांग्रेस हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, हिमाल मुट अस्पतालकी अध्यक्ष गोमा गौतम, डाक्टर अमन गौतम, सहयोगी मन नेपालका अध्यक्ष केदार चौलागाई, सचिव दीपक तिवारी, कांग्रेसका महाधिबेशन प्रतिनिधि ईश्वर पण्डित, महिला संघ जिल्ला सचिव निलम देवकोटा, दिव्यतारा बहुउद्देश्यीय सहकारीका व्यवस्थापक रमेश कोइरालालगायतले मनतव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा राक्सिराङ गाउँपालिका अध्यक्ष मल्लले अक्सिजन कन्सन्ट्रेटर बुझ्दै मकवानपुरको विकट राक्सीराङमा गरिव तामाङ र लोपोन्मुख चेपाङ, प्रजाको बसोबास रहेको गाउँपालिका भएकाले कोरोना महामारीमा धेरै नै राहात पुग्ने बताउँदै सहयोग गर्ने हिमाल मुटु र पहल गरिदिने नेताद्वयलाई विशेष आभार प्रकट गरेका थिए ।
