कांग्रेसकी केन्द्रीय सदस्य डिनाद्वारा स्वास्थ्य सामग्री वितरण
मकवानपुर । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्यय डिनाले मकवानपुरको पूर्वी क्षेत्रमा स्वास्थ्य सामग्री वितरण गरेकी छन् ।
केन्द्रीय सदस्य डिनाले कोरोनाभाईरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्यले जिल्लाको बागमती गाउँपालिका, हेटौँडा उपमहानगरपालिका वडा नम्वर १८ र वडा नम्वर ७ को विभिन्न स्थानमा मास्क, स्यानिटाएजर, अक्सिमिटरलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन् ।
उक्त स्वास्थ्य सामग्री गाउँपालिका सभापति, वडा सभापति तथा स्थानीय स्वास्थ्य चौकी र प्रहरी चौकीमा वितरण गरिएको हो ।
बागमती गाउँपालिकाका सभापति भक्तबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा महिला संघ जिल्ला सभापति लक्ष्मी श्रेष्ठ, कांग्रेस जिल्ला सदस्य अमृता थापा मगर, पूर्व जिल्ला सचिव एवम् महासमिति सदस्य सदस्य दिनेश उपाध्याय, कांग्रेस पूर्व जिल्ला सदस्य लक्ष्मण सुवेदी, तरुण दल क्षेत्रीय सभापति सन्जय श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।
यस्तै कार्यक्रममा नेपाली कांग्रेसका इकाई सभापति र निर्वाचित जनप्रतिनिधिहरु, बागमती गापा १ का सभापति ठगेन्द्र वाइवा, २ का सभापति जगतबहादुर भोम्जन, तमु फार्मेसी हेटौंडाका संचालक सुधिर दाहाल, काठमाडौं मकवानपुर सम्पर्क समितिका तेजप्रसाद घिमिरे, यातायात व्यवसायी संघ केन्द्रीय सदस्य अर्जुन गौतम, पूर्व महाधिवेशन प्रतिनिधि होमनाथ गौतमलगायतको उपस्थिति रहेको थियो ।
