पाकिस्तानमा रेल दुर्घटना, ३० जनाको मृत्यु
काठमाडौं । पाकिस्तानमा सोमबार बिहान रेल दुर्घटना भएको छ ।
कराँचीबाट सरगोधा जाँदै गरेको मिल्लत एक्सप्रेसको र रावलपिण्डीबाट कराँची जाँदै गरेको सैयद एक्सप्रेसको रेल सिन्ध प्रान्तको डहारकी क्षेत्रमा आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा परी ३० जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।
दुर्घटनास्थलमा उद्धारकार्य जारी छ ।
रेलका डिब्बामा फसेका यात्रुहरुलाई निकाल्ने प्रयास भइरहेको समाचार संस्था डनले जनाएको छ ।
