आगामी वर्षको बजेट आउँदो शनिबार सार्वजनिक हुने
काठमाडौं । सरकारले आउँदो आर्थिक वर्षको बजेट शनिवार ४ बजे सार्वजनिक गर्ने भएको छ । प्रतिनिधिसभा विघटन भएकाले बजेट अध्यादेशबाट आउनेछ ।
अर्थमन्त्री बिष्णु पौडेलले नयाँ संविधान जारी भएपछि अध्यादेशबाट पहिलो पटक बजेट ल्याउँदै छन् । आगामी आर्थिक बर्षको बजेटको तयारी भइसकेको र भोलि शुक्रबार आर्थिक सर्वेक्षण सार्वजनिक हुँदैछ ।
सरकारले बजेट भन्दा १५ दिनअघि नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने कानूनी व्यवस्था भएपनि राजनीतिक खिँचातानीका कारण त्यसो हुन सकेन । कामचलाउ सरकारले कामचलाउन बजेट ल्याउनुपर्ने विज्ञहरुको माग छ ।
