चुरेहिल र मकवानपुर सहकारी अस्पतालमा पनि अक्सिजन अभाव

तु खबर संवाददाता
२०७८ बैशाख ३१, शुक्रबार १६:०६
file-photo

मकवानपुर । कूल ३० वेड क्षमताको एचडियु सेवासहितको कोभिड उपचार कक्ष संचालन गरिरहेको हेटौँडाको चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पतालमा पनि अक्सिजन अभाव भएको छ ।

दुवै अस्पतालले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै आजबाट अक्सिजन अभाव भएकोले कोरोना संक्रमित विरामीको उपचारमा समस्या भएको जनाएका छन् ।

मकवानपुरमा अक्सिजन प्लाण्ट नभएको र बाहिरी जिल्लाबाट हेटौँडामा खपत हुने अक्सिजन पनि आपूर्ति हुन नसकेकोले अक्सिजन अभाव भएको विज्ञप्तिमा उल्लेख छ ।

केही समय अघि हेटौँडा अस्पतालले पनि अक्सिजन अभाव भएको र कोरोना संक्रमित विरामीको उपचारमा समस्या भएको भन्दै अक्सिजन उपलब्ध गराइदिन सम्बन्धित निकायसमक्ष अपिल गरेको छ ।

हेटौँडा अस्पतालमा उपचाररत कोरोना संक्रमित विरामीहरुलाई सिन्धुली, चितवनलगायतका जिल्लामा पठाइने तयारी भइरहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*