मकवानपुरमा थपिए १३४ जना संक्रमित, कहाँ कति ?

तु खबर संवाददाता
२०७८ बैशाख २६, आईतवार १४:२४
file-photo

मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप १३४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

कूल १९७ जनाको स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा ५४ जना महिला र ८० जना पुरुषमा संक्रमण पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौँलागाईले जानकारी दिएका छन् ।

संक्रमण पुष्टिहुनेमा बाहिरी जिल्लाको ३ जना पुरुष र ३ जना महिला गरी कूल ६ जना र मकवानपुरका १२८ जना रहेका छन् ।

मकवानपुरको भीमफेदी गाउँपालिकाका ३ जना, बकैया गाउँपालिका र राक्सिराङ गाउँपालिकाको १/१ जनामा संक्रमण पुष्टि भएको हो ।

हेटौँडा उपमहानगरपालिकामा मात्र १२३ जना संक्रमित थपिएका हुन् ।

वडागत रुपमा हेटौँडा–१ का ३ जना, हेटौँडा–२ का १३ जना, हेटौँडा–३ का २ जना, हेटौँडा–४ का ३० जना, हेटौँडा–५ का १९ जना, हेटौँडा–६ का २ जना, हेटौँडा–७ का ५ जना, हेटौँडा–८ का ६ जना, ९ का १७ जना, १० का ५ जना, हेटौँडा–११ का ११ जना, हेटौँडा–१३ का २ जना, हेटौँडा–१४ का १ जना, हेटौँडा–१६ का २ जना, हेटौँडा–१९ मा १ जना र हेटौँडा वडा खुल्न नसकेको ४ जनामा संक्रमण पुष्टि भएको हो ।

मकवानपुरमा कोरोना संक्रमण दर आज ६८ प्रतिशत रहेको जनाइएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*