चितवनमा हेटौँडाका एकसहित १० जना कोरोना संक्रमितको मृत्यु

तु खबर संवाददाता
२०७८ बैशाख २२, बुधबार १७:१५

चितवन । चितवनमा पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट भरतपुर अस्पतालमा ४जना, चितवन मेडिकल कलेजमा ५ जना र पुरानो मेडिकल कलेजमा १ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरूहरु चितवनका ४ जना, रूपन्देहीका ४ जना, हेटौँडाका एक जना र नवलपरासीका एक जना रहेका छन् । उनीहरूको उपचारको क्रममा मृत्यु भएको हो।

जिल्ला स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भरतपुर अस्पतालमा चितवनका २, हेटौंडाका र रूपन्देहीका १/१ जनाको मृत्यु भएको छ।

त्यस्तै, चितवन मेडिकल कलेजमा रूपन्देहीका ३, चितवन र नवलपरासीका १/१ जनाको र पुरानो मेडिकल कलेजमा उपचार भइरहेका चितवनका १ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख दिपक तिवारीले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*