कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको बैठक सुरु, लकडाउन गर्ने संभावना उच्च
मकवानपुर । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठक सुरु भएको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बैठक सुरु भएको हो ।
बैठकमा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामा, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, जिल्ला र प्रदेशका सुरक्षा निकायका पदाधिकारीहरु तथा विभिन्न स्वास्थ्य संस्थाका प्रतिनिधिहरु र व्यवसायीक संस्थाको प्रतिनिधिहरुको उपस्थिति रहेको छ ।
बैठकमा मकवानपुरका कोरोनाको संक्रमणको जोखिमलाई न्यूनिकरण गर्नको लागि सबैले सुझाव प्रस्तुत गरिरहेका छन् ।
तु खबरलाई विश्वासीलो स्रोतबाट प्राप्त भएको जानकारी अनुसार मकवानपुरमा लकडाउन हुन सक्ने संभावना उच्च देखिएको छ ।
मकवानपुरका शनिवार सक्रिय संक्रमितको ंसंख्या ५२४ पुगेको छ ।
शुक्रबार एकैदिन मकवानपुरमा १ सय ७७ जनामा कोरोना पुष्टि भएको थियो ।
