श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि

तु खबर संवाददाता
२०७८ बैशाख १८, शनिबार १४:४२
File Photo

काठमाडौं । श्रमिकले पाउने न्यूनतम पारिश्रमिकमा वृद्धि भएको छ ।

सरकारले १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर श्रमिकहरुको न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ तोकेको हो ।

यसअघि नेपाली श्रम बजारमा श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० रुपैयाँ थियोे ।

श्रम दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको आधारभूत पारिश्रमिक बढेको घोषणा गर्दै अब मासिक रुपमा काम गर्ने श्रमिकले मात्र नभएर दैनिक र घण्टामा काम गर्ने श्रमिकले समेत बढेको स्केल अनुसारको न्यूनतम पारिश्रमिक पाउने बताए ।

उनका अनुसार अब दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकको दैनिक ५ सय १७ रुपैयाँ पाईरहेकोमा अबदेखि ५ सय ७७ रुपैयाँ पाउने छन् ।

त्यस्तै, हाल प्रतिघण्टा ६९ रुपैयाँमा काम गरिरहेकाले न्यूनतम ७७ रुपैयाँ पाउनेछन् ।

यद्यपि बढाइएको पारिश्रमिक आउँदो आर्थिक वर्ष २०७८÷८९ देखि मात्र लागु हुने सरकारले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*