इन्भेष्टमेण्ट एण्ड फाइनान्सको बोनश शेयर शेयरधनीको डिम्याट खातामा जम्मा
काठमाडौं । श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनीले बोनश शेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ ।
कम्पनीले शेयर शेयरधनीहरुको डिम्याट खातामा ७ दशमलव ३७ प्रतिशत बोनश शेयर जम्मा गरिदिएको हो ।
कम्पनीको गत पुस २९ गते सम्पन्न २६ औं वार्षिक साधारण सभाले उक्त बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द हुँदाको समयमा अभौतिक रुपमा शेयर धारण गरेका शेयरधनीको डिम्याट खातामा उक्त बोनश गत चैत्र २४ गतेदेखि जम्मा गरेको जनाएको छ ।



