देशमा राजनीतिक स्थायित्वको लागि ओलीले ताजा जनादेशमा जाने निर्णय गरेका हुन् – ईश्वर पोखरेल
काठमाडौं । ओली पक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता ईश्वर पोखरलेले जनताभन्दा ठूला न्यायाधीश अरु कोही नभएको बताएका छन् ।
शुक्रबार नारायणहिटीको प्राङ्गणमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । उपप्रधानमन्त्री समेत रहेका नेता पोखरेलले देशमा राजनीतिक स्थायित्व चाहेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जाने निर्णय गरेको बताए ।
पोखरेलले भने,‘ जस्तासुकै प्रतिकुलता आए पनि ती प्रतिकुलतासित जुधेर मुलुकमा राजनीतिक स्थायित्वका लागि लागिरहने छौं ।’
उपप्रधानमन्त्री पोखरेलले प्रचण्ड–नेपाल पक्षले बिहीबार आयोजना गरेको नेपाल बन्दमा जलेको ट्याक्सीको क्षतिपूर्ति सरकारले व्यहोर्ने बताए ।
