केपी ओली पक्षको कार्यक्रम : सुरक्षा व्यवस्था कडा पारियो
मकवानपुर । केपी ओली पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को हेटौंडामा आयोजित जिल्ला कार्यकर्ता भेलामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेल प्रमुख अतिथिको रुपमा भेलालाई सम्बोधन गर्न आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको मकवानपुरका एसपी सुशिल सिंह राठौरले जानकारी दिए ।
उपप्रधानमन्त्री पोखरेल भने हेटौंडा आइपुगिसकेका छैनन् । उनी सिमरा विमानस्थल हुँदै आउँदै हेटौंडा आउने कार्यक्रम रहेको भएपनि मौसम प्रतिकूलताका कारण उनी चितवनको भरतपुरस्थित विमानस्थलमा अवतरण भई हेटौंडा आउँदै गरेको नेकपा मकवानपुरका सह–इन्चार्ज रामेश्वर रानाले जानकारी दिए ।
