हेटौंडामा मूर्तिकला कार्यशाला सुरु
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ हर्नामाडीमा आठ दिने मूर्तिकला कार्यशाला सुरु भएको छ । श्री ज्योति माध्यमिक विद्यालयको ५४ औं वार्षिक उत्सवको अवसरमा आईतबारबाट ‘कलाका लागि कलानै’ भन्ने नाराका साथ आठ दिने मूर्तिकला कार्यशाला सुरु भएको हो ।
कार्यक्रम विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेलको अध्यक्षता तथा हेटौंडा–१८ का वडाध्यक्ष अनिल बानियाँको प्रमुख आथित्यतामा भएको हो ।
विद्यालयको पञ्चकन्या भवनस्थित माध्यमिक तहमा आगामी शैक्षिक सत्रदेखि ललितकला विषयअन्तर्गत मूर्तिकला र चित्रकला कक्षा सञ्चालनलाई लक्षित गरेर कार्यशालाको सुरुवात गरिएको हो ।
राष्ट्रिय कलाकार लक्ष्मण भुजेलसहित स्थानीय र अन्य राष्ट्रिय कलाकारको कार्यशालामा सहभागीता रहेको छ ।
कार्यक्रममा विद्यालयका पुर्व अध्यक्ष नरहरी महत, वडा सदस्य तोयनाथ तिमल्सीना, ज्योती सामुदायीक वन उपभोक्ता समितिका अध्यक्ष रामबाबु खतिवडा, पुर्व शिक्षक रामशरण बानियाँ, रामचन्द्र भुजेल, विद्यालयका जग्गा दाता रविन्द्र बहादुर सुर्खेती, शिक्षक अभिभावक संघका अध्यक्ष जयबहादुर मोक्तान, पुर्व प्रधानाध्यापक सरद श्रेष्ठ, गोरक्षा नाथ मावीका अध्यक्ष शैलेन्द्रराज बानियाँ, प्रधानाध्यापक जयराम थापालगायत पुर्व शिक्षक तथा अध्यक्षहरुको उपस्थिती रहेको थियो ।
