हेटौंडामा ८ दिने मूर्तिकला कार्यशाला हुँदै
मकवानपुर । हेटौंडाको हर्नामाडीमा रहेको ज्योति माध्यमिक विद्यालयले ५४ औं वार्षिक उत्सवको अवसरमा मूर्तिकला कार्यशाला गर्ने भएको छ ।
विद्यालय व्यबस्थापन समिति अध्यक्ष हर्क रम्तेलका अनुसार, ‘कलाका लागि कलानै’ भन्ने नारासाथ आठ दिने मूर्तिकला कार्यशाला गर्ने भएको हो । उक्त कार्यशाला यही पुस १२ गतेबाट संचालन हुने भएको हो ।
विद्यालयको पञ्चकन्या भवनस्थित माध्यमिक तहमा आगामी शैक्षिक सत्रदेखि ललितकला विषयअन्तर्गत् मूर्तिकला र चित्रकला कक्षा सञ्चालनका लागि कार्यशाला गर्न लागिएको उनले जानकारी गराए ।
दुई स्थानीय र आठ राष्ट्रिय कलाकार गरी १० कलाकारको उपस्थितिमा कार्यशाला गर्न लागिएको रम्तेलको भनाइ छ ।
