नेकपा केन्द्रीय सदस्यमा मकवानपुरका ५ सहित थप ५५६ जना मनोनित

तु खबर संवाददाता
२०७७ पुष ७, मंगलवार १५:५८
File Photo

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्यमा मकवानपुरका ५ जना थपिएका छन् । नेकपा अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको केन्द्रीय कमिटीको तेस्रो बैठकले मकवानपुरका ५ जनालाई मनोनित गरिएको हो।

मनोनित हुनेहरुमा मकवानपुरका रामचन्द्र राई, अनन्त पौडेल, रघुनाथ खुलाल, जुनेली श्रेष्ठ र विद्यार्थी नेता महेष बर्तौला रहेका छन् ।

यसअघि केन्द्रिय कमिटीमा रहेका बागमती प्रदेशका माननीय मुख्यमन्त्री डोरमणि पौडेल र रामेश्वर राना केन्द्रिय कमिटीमा कायमै रहेका छन्।

उक्त बैठकले मौजुदा केन्द्रीय कमिटीमा मकवानपुरका ५ जनासहित ५५६ जनालाई मनोनयनको प्रस्ताव गर्दा सर्वसम्मरुपमा पारित गरेको थियो ।

बैठकले पार्टी प्रवक्ताको जिम्मेवारी स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवालीलाई दिएको छ । बैठकले पार्टीको महाधिवेशन आउँदो मंसिर २ गते (२०७८) मा गर्ने प्रस्ताव पारित गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*