संसद विघटनको सिफारिस प्रधानमन्त्रीको राष्ट्रघाती कदम : रविन्द्र मिश्र
मकवानपुर । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संसद विघटनको सिफारिसलाई प्रधानमन्त्री ओलीको राष्ट्रघाती कदम भएको बताएका छन् ।
आइतबार दिउँसो प्रेस विज्ञप्ति जारी गरेर मिश्रले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र तानाशाही कदम भएको उल्लेख गरेका छन् ।
उनले ओलीको कदमलाई ‘संविधानमाथिको स्पष्ट कू’ भएको बताउँदै नेपालको संविधान २०७२ ले प्रधानमन्त्रीलाई संसद विघटनको ‘विशेषाधिकार’ प्रदान नगरेको समेत स्मरण गराएका छन् ।
