राप्रपा सचिवालय कार्य व्यवस्था समितिले बोलायो आकस्मिक बैठक
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सचिवालय कार्य व्यवस्था समितिले आकस्मिक बैठक बोलाइएको छ ।
आइतबार बसेको मन्त्रीपरिषद् बैठकमा केपी शर्मा ओलीले संसद विघटनको सिरफारिस गरेपछि मुलुकमा विकसित विभिन्न घटना क्रमबारे छलफल गर्न आकस्मिक बैठक बोलाइएको राप्रपाका अध्यक्ष कमल थापाले सामाजिक संजाल ट्वीटमार्फत जानकारी गराएका हुन् ।
उक्त बैठक दिउँसो ३ बजेको लागि बोलाइएको हो ।

ओलीको यस निर्णय पछि चौतर्फी आलोचना भइरहेको छ ।
