संसद विघटनको सिफारिसले संविधानसभाबाट सुधारिएको प्रणालीको धज्जी उडायो– डा. भट्टराई
काठमाडौं । जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद विघटनको सिफारिस संविधान विपरीत भएको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर संसद विघटनको सिफारिस गर्ने निर्णय सुनाएका थिए ।
यसको चौतर्फी आलोचना भएसँगै जसपा नेता डा. भट्टराईले यसले संविधानसभाबाट सुधारिएको प्रणालीलाई धज्जी उडाएको बताएका हुन् ।
उनले प्रधानमन्त्रीको अभिष्ट कदमले लोकतन्त्रिक मूल्य मान्यता र संविधानको विपरीत भएको बताए । उनले भने ‘देशमा राजनीतिक स्थिरता कायम गर्न प्रतिनिससभाको कार्यकाल ५ वर्ष पुरा गर्न दिइएन । विगतको अस्थिरतालाई ध्यान दिँदै संसद विघटन गरेर देशमा अस्थिरता निम्त्याउने नदिन प्रावधान राखेका थियौं’ उनले भनेका छन्, त्यस विपरित प्रधानमन्त्रीले संसद विघटनको प्रस्ताव राष्ट्रपतिसमक्ष प्रस्ताव गरेको खबर प्राप्त भएको छ, यो अत्यन्त दुःखद छ ।’
दुई तिहाई नजिक बहुमत पाएको नेकपाका प्रधानमन्त्रीबाट गैर जिम्मेवारपूर्ण हर्कत भएको भन्दै उनले भने, ‘यो लोकतन्त्रको हितमा छैन । यसको सबैतिरबाट प्रतिवाद गरिनुपर्दछ ।’
