यसकारण अध्यादेशबाट पछि हटे ओली

तु खबर संवाददाता
२०७७ पुष २, बिहीबार ११:१२
file-photo

मकवानपुर । अध्यादेश फिर्ता नलिने अडानमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली अन्तत मंगलबारको आफ्नो निर्णयबाट भोलिपल्टै पछि हट्न बाध्य भए ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समितिको बैठकका लागि दिउँसो १ बजे बालुवाटार बोलाइएको थियो । अधिकाँश नेताहरु बालुवाटार पुगिसकेका थिए । यो बैठकमा अध्यादेशका सवाललाई लिएर नेताहरुले ओलीको उछितो काढ्ने तयारी गरिसकेका थिए ।

त्यसअघि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको संवादमा अध्यादेश फिर्ता नगर्ने अडान राखेका थिए । तर अन्तिममा प्रधानमन्त्री ओली पछि हट्न बाध्य भएका छन् ।
पहिलो अध्यादेशको संवैधनिक पुष्टि हुन नसक्ने अवस्था थियो । दोस्रो चोतर्फी विरोध र आलोचना बढ्ने खतरा देखियो । तेस्रो अध्यादेशले संशोधन गरेका प्रावधानका आधारमा बसेको बैठकबाट नियुक्तिहरु गरिए पनि संसदीय सुनुवाइले तिनलाई अनुमोदन नगर्ने निश्चित थियो । यी कारणले पधानमन्त्री ओली ओली पछि हट्न बाध्य भएको नेकपा निकट नेताहरुले बताएका छन् ।

त्यसका साथै अध्यादेशविरुद्ध ८३ जनाले सांसदले हस्ताक्षरसहित बैठक बोलाउन माग गर्दै राष्ट्पतिसमक्ष समावेदन गर्न पुगे । प्रम ओलीले स्थिति यो ढंगले अगाडि बढ्ला भन्ने सोचकै थिएनन् । घटनाक्रम सोचेभन्दा फरक ढंगले अगाडि बढ्ने र आफूले गरेको निर्णय आफैलाई बुम¥याङ हुने देखेपछि प्रम ओली थप गल्न बाध्य भएका हुन् ।

‘विशेष अधिबेशन बोलाउनुपर्ने बाध्यता पनि थियो’, ओली निकटकै एक स्थायी समिति सदस्य भन्छन्, ‘यसरी अधिवेसन बोलाएपछि त्यहाँ समेत चर्को विरोध हुने स्पस्ट थियो । अर्कोतिर लगत्तै नियमित अधिवेसन समेत सुरु गर्नुपर्ने भएकाले संसदले समेत अध्यादेश फेल गराउने देखेर नै उहाँ (ओली) लचक हुनुभएको हो ।’ ती नेताले ओली लचक भएको भनेपनि ओली पछि हट्न बाध्य भएका हुन् ।

निकै ठुलो रस्साकस्सीपछि स्थायी समितिले प्रधानमन्त्री ओलीलाई अध्यादेश फिर्ता गर्न बाध्य बनाएको छ । बुधबारको निर्णयले ओली एकलौटी हिँड्न खोजे उनी असफल हुन्छन् भन्ने स्पस्ट सन्देश दिएको छ । जुन विषयमा ओली पहिला पनि असफल भइसकेका हुन् ।

बैशाखमै यो प्रयासमा असफल भएका उनले यो पटक पनि दोस्रो हार खानुपरेको छ । ओलीसँगै बुधबारको नेकपाको निर्णयले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि थप विवादमा तानेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*