काँग्रेस सभापति देउवा हेटौंडा आइपुगे

तु खबर संवाददाता
२०७७ मंसिर २९, सोमबार १३:४२

हेटौंडा । नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा हेटौंडा आइपुगेका छन् । नेपाली काँग्रेस मकवानपुरद्वारा अहिले केहीसमयमा आयोजना हुने विरोध प्रदर्शनलाई सम्बोधन गर्न देउवा हेटौंडा आएका हुन् ।

प्रदेश प्रहरी कार्यालय हेटौंडा परिसरमा देउवा ओर्लिसकेका छन् । यसपछि उनले विरोधसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।सभालाई काँग्रेस प्रवक्त विश्वप्रकाश शर्मा, पार्टी मकवानपुर सभापति तथा बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता इन्द्र बानियाँ र काग्रेस केन्द्रीय सदस्य डिना उपाध्यायले सम्बोधन गर्ने कार्यक्रम छ । हेटौंडामा सुरक्षा व्यवस्था अत्यन्त कडा परिएको मकवानपुर प्रहरी प्रमुख एसपी सुशिल सिं राठौरले जानकारी दिएका छन् ।

सभापति देउवा हेटौंडा आउने भएपछि विहानैदेखि हेटौंडाको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरीहरु चोकचोकमा परिचालन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*