काँग्रेसको प्रदर्शन : देउवा हेलिकप्टरबाट हेटौंडा ओर्लिएपछि सुरु हुने

तु खबर संवाददाता
२०७७ मंसिर २९, सोमबार १२:५६

मकवानपुर । नेपाली काँग्रेसले हेटौंडामा आज प्रदर्शन गर्दैछ । अहिले केहीबेरपछि विरोध प्रर्दशन गरिने काँग्रेस मकवानपुरले जानकारी दिएको छ । नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हेटौंडा ओर्लिएपछि चारै नाकाबाट विरोध प्रदर्शन अघि बढाउने तयारी छ ।

सभापति तथा बागमती प्रदेश प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँका अनुसार, केहीबेरपछि तोकिएका स्थानहरुबाट विरोध प्रर्दशन हुनेछ । त्यसका लागि आवश्यक सबै तयारी पूरा भइसकेको छ । वर्तमान सरकारले गरेका नराम्रा कामको विरोध स्वरुप प्रदर्शन गर्न लागिएको हो । भ्रष्टचार, वेथिति र कम्युनिष्ट सरकारको सर्वसत्तावादविरुद्ध प्रदर्शन गर्न लागिएको काँग्रेसको भनाई छ ।

विरोध प्रदर्शनपछि सुरु हुने सभालाई सम्बोधन गर्न सभापति देउवा हेटौंडा आउन लागेका हुन् । प्रदेश प्रहरी कार्यालय हेटौंडाको परिसरभित्र हेलिकप्टर ल्याण्ड भएपछि काँग्रेसको जुलुस सुरु गर्ने तयारी छ ।

यसअघि आजको प्रर्दशनलाई भब्य बनाउन नेपाली काँग्रेस मकवानपुरले विभिन्न तयारी गरिसकेको छ । विभिन्न नेताहरुलाई हेटौंडाको चारै नाकाको नेतृत्वको जिम्मेवारी दिइएको छ भने पार्टी सभापति बानियाँले पूर्वी क्षेत्रबाट बजार प्रवेश गर्ने जुलुसको नेतृत्व गर्नेछन् । विरोध प्रर्दशनमा निवर्तमान सभापति रघुरमण न्यौपाने, प्रमुख सल्लाहकार तथा बरिष्ठ नेता माइकल रामचन्द्र अर्याल, पार्टी सचिव बुद्ध लामा, प्रवक्ता प्रदिप कोइरालाले प्रदर्शनको नेतृत्व गर्ने तयारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*