नेकपा स्थायी कमिटी बैठक सकियो, अर्को बैठक कहिले ?
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बसेको स्थायी कमिटी बैठक सकिएको छ । नेता कमानसिंह लामाको निधनप्रति शोक प्रस्ताव पारित गर्दै आइतबारको स्थायी कमिटी बैठक सकिएको हो ।
बैठकमा लामाको निधनको शोक प्रस्ताव मात्रै कार्यसूचीमा राखिएको थियो । स्थायी कमिटीको अर्को बैठक १ पुसमा बस्ने निर्णय भएको छ ।
आजको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी ओली पनि सहभागी थिए ।
