पूजनिय आमा–बाबा

तु खबर संवाददाता
२०७७ मंसिर २७, शनिबार ०९:५१

आमा बाबा महाब्रम्हा पहिलो गुरु हाम्रो
हाम्रो पूजनिय देव शुभचिन्तक हाम्रो
प्रत्यक बिहान उठी हायीबन्दना गर्छौ
आशिर्वाद पनि सधै हामी थाप्ने गर्छौ ।

गर्भधारण भएदेखि खाना, पानी बाड्नुभयो
तागतिलो खाना आई शक्ति पनि दिनुभयो
अस्पताल पनि गई स्वास्थ्य जाँच गर्नुभयो
हामीलाई आफूजस्तै मैत्री कामना गर्नुभयो ।।

न्यानो लुगा दिनुभयो जब नांगो जन्म भयो
भोग लागि रुँदा दुध पनि खुवानुभयो
दुर्घटना, रोग आदीबाट बचाउनुभयो
असहाय निर्योप्रति करुणा राख्नुभयो ।।।

हाम्रो तोते बोलीसँग कुनारानी गर्नुभयो
हामीलाई बुई चडाई घोडा पनि बन्नुभयो
हामी हासि दिएभने दुःख पनि भुल्नुहुन्छ
हाम्रो सानो प्रगतिमा प्रमुदित हुनुहुन्छ ।।।।

दिशापिसाब फोहोर गर्दा झरकिने गर्नुहुन्न
कहिले काँही झगडा गर्दा वास्ता पनि गर्नुहुन्न
कुनै काम बिगारेमा नरिसाइकन बस्नुहुन्छ
जति दुःख दिएपनि नरिसाई बस्नुहुन्छ ।।।।।

–चन्द्रबहादुर श्रेष्ठ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*