हेटौंडाका अर्याल ढुवानी व्यवसायी महासंघको उपाध्यक्ष निर्विरोध

तु खबर संवाददाता
२०७७ मंसिर १५, सोमबार १८:२३

मकवानपुर । हेटौंडाका युवा व्यवसायी प्रदिप अर्याल ढुवानी व्यवसायी महासंघ क्षेत्रीय उपाध्यक्ष निर्विरोध निर्वाचित भएका छन् । हिजो सम्पन्न महासंघको अधिवेशनबाट अर्याल निर्विरोध निर्वाचित भएका हुन् ।

महासंघको क्षेत्रीय अध्यक्षमा बीरगंजका व्यवसायी विश्वनाथ खनाल निर्वाचित भएका छन् । निर्वाचित भएपछि तु खबरसँग प्रतिक्रिया दिँदै एपी ढुवानी सेवाका प्रबन्ध निर्देशक समेत रहेका अर्यालले महासंघलाई संघीय संरचनामा लगिने जानकारी दिए । ढुवानी व्यवसायीको हकहीतमा क्रियाशील हुनका लागि आफूले सक्दो गर्ने समेत अर्यालको भनाई छ ।

ढुवानी व्यवसायीहरुको संगठनको रुपमा रहेको महासंघलाई थप व्यवस्थित र मर्यादित बनाउन आफ्नो तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गरिने समेत अर्यालले बताए ।

महासंघको अधिवेशन हिजो चितवनमा सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*