पाकिस्तानले भारतीय सीमामा गोली चलाउँदा दुुई जवानको मृत्युु
पाकिस्तानले सीमा क्षेत्रमा गोली चलाउँदा दुई भारतीय जवानको मृत्यु भएको छ । शुक्रबार पाकिस्तानले जम्मू–कास्मिरस्थित राजौरी जिल्लामा भारी गोलाबारी गरेको भारतको रक्षा मन्त्रालयले जनाएको हा ।
रक्षा मन्त्रालयका अनुसार सुन्दरबनी सेक्टरमा पाकिस्तानले गोली चलाएको हो ।
यसक्रममा दुई जवान नायक प्रेमबहादुर खत्री र राइफलम्यान सुखबीर सिंह गम्भिर घाइते भएका थिए । उनीहरुको मृत्यु भएको छ । यस हमलापछि भारतीय सेनाले पनि जवाफी हमला गरिरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यसअघि बिहीबार दिउँसो १ बजेर ३० मिनेट जाँदा पाकिस्तानले पुन्छ जिल्लास्थित किरनी, कस्बा र शाहपुर सेक्टरम साना हतियार प्रयोग गर्दै गोलाबारी गरेको थियो ।
