नेकपा सचिवालय बैठक सकियो, फेरि १० दिनपछि बस्ने
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक १० दिनपछि बस्ने गरी सकिएको छ ।
आज बसेको बैठक १० दिनपछि पुनः बस्ने गरी सम्पन्न भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्को बैठकमा जवाफी प्रस्ताव प्रस्तुत गर्ने र दुवै प्रस्तावमाथि छलफल हुने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
२८ कात्तिकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठकमा प्रस्ताव पेस गरेका थिए । त्यसको जवाफमा १३ मंसिरमा बस्ने बैठकमा ओलीले प्रस्ताव पेस गर्ने भएका हुन् ।
