मनहरीका १८ जना काँग्रेसमा प्रवेश
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका –२, ट्याङ्की दमारका १८ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । आइतबार हेटौंडा–५ सानोपोखरामा भएको एक कार्यक्रमबीच राप्रपा, नेकपालगायत पार्टी परित्याग गरी मनहरी–२ का १८ जना नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।
कार्यक्रम नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा भएको थियो ।
नवप्रवेशीलाई टिका लगाएर सदस्यता दिई काँग्रेसमा स्वागत गर्दै नेता बानियाँले योग्यता, क्षमता, लगनशिलता र मेहनतको आधारमा पार्टीमा स्थान दिईने बताए ।
कार्यक्रममा काँग्रेस मकवानपुरका सल्लाहकार भरत पराजुली, हेटौंडा नगर सभापति आनन्दराम पराजुली, हेटौंडा ५ का वडा अध्यक्ष राजेश बानियाँलगायतको सहभागिता रहेको थियो ।
