काँग्रेस हेटौंडा–४ द्वारा दिव्य सेवा निकेतनलाई खाद्यान्न सहयोग
मकवानपुर । नेपाली काँग्रेस हेटौंडा ४ नम्बर वडा इकाईद्वारा हेटौंडा–१५ मा रहेको दिव्य सेवा निकेतनमा खाद्यान्न सहयोग गरिएको छ ।
कांग्रेसले बडा दशैं तथा शुभ दिपावलीको उपलक्ष्यमा जेष्ठ नागरिहरूलाई सम्मान, भोजन ग्रहण तथा खाद्यान्न वितरण कार्यक्रम गरेको हो ।
संस्थालाई दाल, चिनि, नुन, मसला, साबुन लगायत गरी ५० हजार रुपैंया बराबरको सामग्री सहयोग गरेको कार्यक्रम संयोजक दिपेश खड्गीले जानकारी दिए ।

कार्यक्रम काँग्रेस हेटौंडा ४ नम्बर वडा सभापति हरिप्रसाद पौडेलको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा जिल्ला सल्लाहकार माइकल रामचन्द्र अर्याल, प्रवक्ता प्रदिप कोइराला, महासमिति सदस्य दिनेश उपाध्याय, हेटौंडा नगर सभापति आनन्दराम पराजुली, हेटौंडा–१५ का वडा अध्यक्ष महारत्न लामा, नेपाली कांग्रेस केन्द्रीय महिला विभाग सदस्य शर्मिला श्रेष्ठ, संस्थाका अध्यक्ष टिआर निरौला लगायतको उपस्थिति रहेको थियो ।
