प्रमबाट नेपाल–भारतबीचका समस्या संवादमार्फत समाधान हुने विश्वास व्यक्त

राष्ट्रिय समाचार समिति
२०७७ कार्तिक २१, शुक्रबार १५:०५
file-photo

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका भारतीय स्थलसेनाध्यक्ष मनोजमुकुन्द नरवणेले आज शिष्टाचार भेट गरेका छन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवादमार्फत समाधान हुने विश्वास व्यक्त गरे ।

उनले दुई देशबीच शदिऔंँ पुरानो विशिष्ट सम्बन्ध रहेको जनाउँदै एकार्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*