कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन रोकियो
काठमाडौं । कर्णाली प्रदेशको आज हुने भनिएको मन्त्रिपरिषद् पुनर्गठन नहुने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आजै मन्त्रिपरिषद् पुनगर्ठनको तयारी गरेका थिए ।
तर, नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिन मन्त्रिपरिषद् पुनर्गठन नगर्न भनेपछि मुख्यमन्त्री शाहीको तयारी रोकिएको स्रोतले जनाएको छ ।
आज (आइतबार) मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीसहित मुख्यमन्त्री शाहीले शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली निकट दुई मन्त्रीहरु दल रावल र नन्दसिंह बुढालाई राजीनामा दिन आग्रह गरेका थिए ।
उनीहरुले राजीनामा नदिने अडान लिएपछि मन्त्रिपरिषद् पुनर्गठनको तयारी रोकिएको स्रोतले बतायो ।
४० सदस्यीय कर्णाली प्रदेशसभामा ३३ सांसद नेकपाका रहेका छन् ।
