११ दिनपछि बालुवाटार पुगे प्रचण्ड

तु खबर संवाददाता
२०७७ कार्तिक १५, शनिबार १४:५१
file-photo

मकवानपुर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटवार्ताका लागि बालुवाटार पुगेका छन् । उनी ११ दिनपछि बालुवाटार पुगेको नेकपा स्रोतले जनाएको छ ।

कार्तिक ४ गतेपछि ओली र प्रचण्डबीच सम्वाद रोकिएको थियो । यो बीचमा प्रधानमन्त्री ओलीको सन्देश लिएर नेताहरु खुमलटार पुगेपनि प्रचण्डले विभिन्न बाहाना बनाएर सम्वादमा बस्न मानिरहेका थिएनन् ।

शुक्रबार मात्रै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली खुमलटार पुगेका थिए । त्यसअघि महाचिव बिष्णुप्रसाद पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल खुमलटार पुगेका थिए । तर, प्रचण्डले आफू कोरोना संक्रमितको कन्ट्याक ट्रेसिङमा परेकाले बालुवाटार नजाने बताउँदै आएका थिए ।

मन्त्रिपरिषद् पुनर्गठन, राजदूतहरुको सिफारिस, माओवादी कोटाबाट कर्णालीका मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाही विरुद्ध अविश्वास प्रस्ताव तयार लगायत निर्णयबाट प्रचण्ड ओलीसँग रिसाएका थिए ।

लगातार ओलीले वार्तामा बस्न आग्रह गरेपछि प्रचण्ड शनिबार अर्का अध्यक्षसँग भेटका लागि बालुवाटार पुगेका छन् । बालुवाटार जानु अगाडि प्रचण्डले नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*