कमल थापा आइसीयूमा भर्ना

पत्रपत्रिका
२०७७ कार्तिक २,आईतवार ०८:३७
file photo

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आइसियूमा भर्ना भएका छन्। कोरोना भाइरस (कोभिड १९) संक्रमित थापालाई शनिबार ओम अस्पतालको आइसियूमा भर्ना गरिएको हो।

टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समेत समस्या देखिएपछि उनलाई आइसियूमा भर्ना गरिएको ओम अस्पतालले जनाएको छ।

थापाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले विज्ञप्तिमार्फत जानकारी दिएको छ। हाल ज्वरो नियन्त्रणमा रहेको र श्वासप्रश्वासमा पनि समस्या नरहेको अस्पतालले जनाएको छ। नागरिक दैनिकमा समाचार छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*