खेलकुद

नेपाललाई आठौं सफलताः सुसनले स्टेभेन्सनलाई आउट गरे

हेटौंडा, २५ माघ । काठमाडौंमा जारी क्रिकेट विश्वकप लिग २ मा नेपाललाई आठौं सफलता मिलेको छ। अमेरिकाका क्यामरन स्टेभेन्सनलाई ससुन भारीले कट बिहाइन्ड आउट गरेका छन् । सुशनले इयान र क्यामरुन स्टभेन्सनको महत्वपूर्ण साझेदारी तोडेका छन् । स्टभेन्सनले १९ रन बनाएर पेभेलियन फर्किए । अमेरिकाले ३३ ओभरको खेलमा ८ विकेट गुमाउँदै ११४ रन जोडेकोछ । […]

कीर्तिमानी कुशल मल्लले एल्मोरलाई बोल्ड गरे

काठमाडौं, २५ माघ । नेपालका किर्तिमानी क्रिकेटर कुशल मल्लले अमेरिकी खेलाडी एल्मोरलाई बोल्ड गरेका छन् । अमेरिकाले २४ ओभरको खेलमा ७ विकेट गुमाइसकेको छ । नेपालले क्रिकेट विश्वकप लिग २ मा अमेरिकालाई १ सय ९१ रनको लक्ष्य दिएको छ । नेपालले ७ विकेट लिइसकेको छ । २४ ओभरभित्रै ७ विकेट गुमाएपछि अमेरिका दबाबमा छ । […]

सुशनले लिए मेडन विकेट

काठमाडौं, २५ माघ । आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा अमेरिकाविरुद्ध सुशन भारीले पाँचौँ सफलता दिलाएका छन्। उनले आफ्नो पहिलो ओभरको पहिलो बलमै अमेरिकाका अक्षय होमराजलाई क्याच आउट गराएका हुन्। उनले मेडनसहित एक विकेट लिएका हुन्। यससँगै अमेरिका निकै दबाबमा परेको छ। उसले ११औं ओभरको समाप्तीमा ५ विकेट गुमाउँदै २७ रन जोडेको छ। यसअघि […]

अमेरिकामाथि नेपालको दबाब

काठमाडौं, २५ माघ । नेपालले क्रिकेट विश्वकप लिग २ मा अमेरिकालाई १ सय ९१ रनको लक्ष्य दिएको छ । नेपालले ४ विकेट लिइसकेको छ । पाँच ओभरभित्रै ४ विकेट गुमाएपछि अमेरिका दबाबमा छ । अमेरिकाले टस जितेपछि ब्याटिङमा आएको नेपालको तर्फबाट कुशलले ५० र विनोदले ५९ रन बनाएपछि नेपाल ४९.२ ओभरमा १ सय ९१ रन […]

डेब्यु खेलमै कुशलको विश्व कीर्तिमान

काठमाडौं, २५ माघ । कुशल मल्लले विश्व कीर्तिमान बनाउँदै अर्धशतकीय इनिङ्स खेलेका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुशलको यो डेब्यु खेल हो । उनले १५ वर्ष ३ सय ४० दिनको दिनमा अर्धशतक बनाउदै एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा कम उमेरमा ५० रन पुरा गर्ने खेलाडी बनेका हुन्। उनलाई शनिबार रोहित पौडेलको स्थानमा खेलाइएको थियो र रोहितले एक […]

बागमती गोल्डकपको तयारी तिब्र गतिमा

मकवानपुर । आगामी फागुन १ गतेदेखि हुने बागमती गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करणको तयारी तीब्र गतिमा भइरहेको छ । मकवानपुरको बागमती गाउँपालिका–८ को जनता उच्च माविको खेलमैदान सजाउँने काम धमाधम भईरहेको गोल्डकप मूल आयोजक समितिका अध्यक्ष अरुण बलले जानकारी दिए । फागुन १० गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा ए डिभिजनका ५ सहित १० टिमको सहभागिता […]

छात्रा भलिवल कृष्ण आदर्शलाई, छात्रमा जिएस

हेटौंडा, २१ माघ । हेटौंडामा जारी प्याब्सन अन्तर विद्यालय प्रतियोगिता–२०७६ सकिएको छ । आज मंगलबार छात्र भलिवलको फाइनलसँगै यसवर्षको प्रतियोगिताको समापन गरिएको हो । प्रतियोगिताको छात्रा भलिवलको उपाधि हेटौंडा–९ मा रहेको श्रीकृष्ण आदर्श इङलिश बोर्डिङ स्कुलले जितेको छ । यो उपाधिसँगै कृष्ण आदर्शको छात्रा भलिवल टिमले ४ पटक उपाधि जितेर इतिहास रचेको छ । कृष्ण […]

मकवानपुरका ३ जना खेलकुद पदाधिकारी सपथ लिनै आएनन्

हेटौंडा, २१ माघ । बागमती प्रदेशका १३ वटै जिल्लाका खेलकुद विकास समितिका पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रममा मकवानपुरका ३ जना खेलकुद पदाधिकारीहरु अनुपस्थित भएका छन् । आज मंगलबार हेटौंडास्थित समाजिक विकास मन्त्रालयमा १३ वटै जिल्ला खेलकुद विकास समितिका पदाधिकारीको नियुक्ती तथा सपथ ग्रहण गराइएको थियो । मन्त्री युवराज दुलालले खेलकुद पदाधिकारीहरुलाई सपथ गराएका थिए । जिल्ला […]

१३ वटै जिल्लाका खेलकुद पदाधिकारीले लिए सपथ

हेटौंडा, २१ माघ । बागमती प्रदेशका १३ वटै जिल्लाका खेलकुद विकास समितिका पदाधिकारीले सपथ लिएका छन् । आज मंगलबार हेटौंडास्थित समाजिक विकास मन्त्रालयमा आयोजित जिल्ला खेलकुद विकास समितिका पदाधिकारीको नियुक्ती तथा सपथ ग्रहण समारोहमा मन्त्री युवराज दुलालले खेलकुद पदाधिकारीहरुलाई सपथ ग्रहण गराए हुन् । प्रदेश खेलकुद विकास परिषद्ले गत माघ ७ गते १३ वटै जिल्ला […]

श्रीकृष्ण आर्दश बोर्डिङ अंग्रेजी हिज्जेमा प्रथम

हेटौंडा, २१ माघ । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) मकवानपुरको आयोजनामा माघ १६ गतेदेखि जारी साताव्यापी कार्यक्रम अन्तर्गत् सोमबार भएको अंग्रेजी हिज्जे प्रतियोगितामा श्रीकृष्ण आर्दश बोर्डिङ स्कुल प्रथम भएको छ । प्रतियोगितामा कृष्ण आर्दशको अनमोल उपाध्याय, अनिसा सिंह र सुजिता गोग्वा प्रथम भएका छन् । द्वितीय सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीका अमित जैसवाल, सचिन यादव र […]

फागुन अन्तिम सातादेखि मकवानपुर गोल्डकप

हेटौंडा, २० माघ । बागमती प्रदेशको राजधानी हेटौंडामा स्थानीय तह मकवानपुर गोल्डकप–२०७६ हुने भएको छ । जिल्ला फुटबल संघको आयोजनामा हुने गोल्डकपलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले मिति तय गरेको छ । एन्फा क्यालेण्डर अनुसार फागुन २९ गतेदेखि चैत्त ८ गतेसम्म गोल्डकप गर्न मिति उपलब्ध गराएको हो । यसअघि भुगर्भ सिमेन्ट हेटौंडा गोल्डकप भएको थियो […]

बालजागृती बोर्डिङ नेपाली हिज्जे र वक्तृत्वकलामा प्रथम

हेटौंडा, १९ माघ । हेटौंडाको बालजागृती इङलिश बोर्डिङ स्कूलले हेटौंडामा जारी प्याब्सन अन्तर विद्यालय प्रतियोगिताको दुई विधामा प्रथम भएको छ । आज आइतबार भएको नेपाली हिज्जे र वक्तृत्वकला प्रतियोगितामा बालजागृती प्रथम भएको हो । नेपाली हिज्जेमा बालजागृती प्रथम, ज्ञानोदय बालबाटिका आवासीय मावि द्वितीय र जिएस निकेतन तृतीय भएको छ । बक्तृत्वकला प्रतियोगितामा बालजागृती प्रथम, नवोदय […]

हेटौंडाको कृष्ण आदर्शलाई चौथो पटक भलिवल उपाधि

हेटौंडा, १८ माघ । हेटौंडा–९ मा रहेको श्री कृष्ण आदर्श इङलिश बोर्डिङ स्कुलले छात्रा भलिवलमा उपाधि जितेको छ । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) मकवानपुरको आयोजनामा माघ १६ गतेदेखि जारी प्याब्सन अन्तर विद्यालय प्रतियोगिता–२०७६ को छात्रा भलिवलमा कृष्ण आदर्शले उपाधि जितेको हो । यो उपाधिसँगै कृष्ण आदर्शको छात्रा भलिवल टिमले ४ पटक उपाधि जितेर […]

राक्सिराङ गोल्डकपको उपाधि ३ नम्बर वडालाई

हेटौंडा, १८ माघ । मकवानपुरको राक्सिराङ गाउँपालिकाले आयोजना गरेको दोस्रो राक्सिराङ गाउँपालिका गोल्डकपको उपाधि डिफेन्डिङ च्याम्पियन ३ नम्बर वडाले जितेको छ । गोल्डकपको फाइनलमा ४ नम्बर वडालाई ०–१ गोलले पराजित गर्दै दोस्रो पटक ३ नम्बर वडाले उपाधि उचालेको हो । खेलमा सुजनकुमार ओझाले निर्णायाक गोल गरे । खेलमा ४ नम्बर वडाले गोल गर्ने थुप्रै अबसरलाई […]

बुद्धिचाल संघ बागमती प्रदेशमा मकवानपुरका प्रजापतिको नेतृत्व

हेटौंडा, १६ माघ । बुद्धिचाल संघ बागमती प्रदेशको नेतृत्वमा मकवानपुरका ज्ञानकृष्ण प्रजापति निर्विरोध निर्वाचित भएका छन् । आज बिहीवार हेटौंडामा भएको संघको प्रथम अधिवेशनले प्रजापतिको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा भक्तपुरका राजेश कक्षपती, सचिवमा काठमाडौंका सुरबिर लामा, कोषाध्यक्षमा मकवानपुरका नरेन्द्र भण्डारी निर्विरोध निर्वाचित भएका छन् । संघको सदस्यमा दोलखाका उत्तम […]

हेटौंडामा तेक्वान्दो कर्वड हल शिलान्यास

हेटौंडा, १६ माघ । बागमती प्रदेशको राजधानी हेटौंडामा तेक्वान्दो खेलको विकासको लागि तेक्वान्दो कर्वड हल निर्माण हुने भएको छ । नेपाल तेक्वान्दो संघ मकवानपुरको पहलमा कर्वड हल बनाउन लागिएको हो । हेटौंडा–४ कर्रा श्रमिकपथमा निर्माण हुने कर्वड हलको आज शिलान्यास गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख हरि बहादुर महतले आज बिहीवार शिलान्यास गरेका छन् […]

बागमती गोल्डकपको तेस्रो संस्करण फागुनमा

हेटौंडा, १३ माघ । बागमती गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करण आगामी फागुनमा हुने भएको छ । शुक्रबार बागमती गाउँपालिकाको फापरबारीमा पत्रकार सम्मेलनको आयोजना गरी बागमती गोल्डकपको तेस्रो संस्करण फागुन १ गतेदेखि १० गतेसम्म हुने जानकारी गराएको हो । जनता माध्यमिक विद्यालयको खेलमैदानमा हुने प्रतियोगितामा ५ वटा ‘ए’ डिभिजन र आयोजकसहित १० वटा टिम सहभागी हुनेछ […]

मकवानपुर खेलकुद विकास समिति अध्यक्षमा सानु लामा

हेटौंडा, ७ माघ । बागमती प्रदेश खेलकुद विकास परिषद्ले प्रदेशका १३ वटै जिल्लाको नेतृत्व टुंगो लगाएको छ । जिल्ला खेलकुद विकास समिति मकवानपुरको अध्यक्षमा सानु लामालाई परिषद्ले चयन गरेको हो । अध्यक्षको लागि मकवानपुरका लामासहित ३ जनाको नाम सिफारिसमा परेको थियो । परिषद्को आज मंगलबार बसेको बैठकले खेलकुद विकास समिति मकवानपुरको अध्यक्षमा युवा नेता लामालाई […]

फुटसल प्रतियोगिताको उपाधि कैलाशलाई

हेटौंडा, ६ माघ । १७ औं रुद्र पाख्रिन स्मृति कप फुटसल प्रतियोगिताको उपाधि कैलाश गाउँपालिकाले हात पारेको छ । मकवानपुरमा पहिलो पटक शहिद रुद्र पाख्रिन स्मृति पार्कको आयोजनामा मकवानपुरगढी गाउँपालिकास्थित फुटसल मैदानमा आईतबार भएको अन्तिम प्रतिस्पर्धामा आयोजक टिमलाई ट्राइब्रेकरमा १–० गोल अन्तरले हराउँदै कैलाशले उपाधि हात पारेको हो । कैलाशको लागि उमेश थिङले निर्णाय गोल […]

हेटौंडाको महावीर क्लब अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल खेल्न पोखरा प्रस्थान

हेटौंडा, ५ माघ । गण्डकी प्रदेशको राजधानी पोखरामा हुने स्वर्गीय रञ्जित गुरुङ स्मृति नवौं बगर भाइखलक एटए साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबलमा हेटौंडाका ३ क्लबले भाग लिने भएका छन् । प्रतियोगितामा सहभागी हुन हेटौंडाको महावीर क्लब आज आइतबार पोखरा प्रस्थान गरेको छ । उद्घाटन खेल भोली सोमबार महावीर क्लब, हेटौंडा र पोखराको बगर भाइखलकबीच हुनेछ । […]