बैंक तथा वित्तीय संस्था पनि हप्तामा ५ दिन, बैंकिङ कारोबार ९ बजेदेखि ४ बजेसम्म
सरकारी कार्यालय र शैक्षिक संस्थाहरु हप्तामा दुई दिन बिदा दिने निर्णयपछि बैंक तथा वित्तीय संस्थामा पनि साताको दुई दिन बिदा हुने भएको छ ।
नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्था पनि शनिबार र आइतबार बिदा हुने गरी निर्णय गरेपछि सोही अनुसार हुने भएको हो ।
त्यसैगरी केन्द्रीय बैंकले बैंकिङ कारोबार समय बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म कायम गरेको छ । यो निर्णयपछि बैंक तथा वित्तीय संस्थाले पनि सोही व्यवस्था लागु गरिसकेका छन् । सोमबारदेखि नै बैंक तथा वित्तीय संस्थाले ९ बजेदेखि बैंकिङ कारोबार सुरु गरिसकेका छन् ।
बैंकहरुले यो निर्णयसंगै हप्तामा ५ दिनमात्र कार्यालय सञ्चालन गर्ने छन् भने १० बजेबाट ३ बजेसम्म हुँदै आएको बैकिङ कारोबारलाई अब ९ बजेदेखि ४ बजेसम्म कारोबारको व्यवस्थापन गर्नुपर्नेछ ।
बैंक तथा वित्तीय संस्थाहरुले नयाँ कार्यतालिका अनुसार काम अघि बढाइसकेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
