सम्पत्ति शुद्धीकरण अनुसन्धानमा व्यवसायी दीपक भट्ट पक्राउ
२०८२ चैत्र १९, बिहीबार १५:०७
काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्ट पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई काठमाडौंबाट नियन्त्रणमा लिएको हो।
यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्टमाथि छानबिन अघि बढाउँदै उनको राहदानी रोक्का गर्न अध्यागमन विभागलाई पत्राचार गरेको थियो। सोही आधारमा अध्यागमन विभागले उनलाई कालोसूचीमा राख्दै पासपोर्ट रोक्का गरिसकेको थियो।
भट्टमाथि विभिन्न ठूला ठेक्का तथा खरिद प्रक्रियामा अनियमितता गरेको, राजनीतिक पहुँच प्रयोग गरी सेटिङ मिलाउने र स्वार्थअनुसार निर्णय गराउने जस्ता आरोप लाग्दै आएका छन्।
हाल उनीमाथि सम्पत्ति शुद्धीकरण कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
