नेप्से २६ अंकले घट्दा ११ अर्बभन्दा बढीको कारोबार
काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६.०७ अंकले घटेर २७९८.८३ विन्दुमा झरेको छ। आज कुल ११ अर्ब ९७ करोड ४६ लाख ९६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। बजार घटेसँगै लगानीकर्तामा उत्साह कम देखिएको छ।
आज नेप्सेमा उत्पादन तथा प्रशोधन समूहको उपसूचक मात्रै ०.२५ प्रतिशतले बढेको छ भने बाँकी १२ वटा उपसूचक राताम्मे बनेका छन्। सबैभन्दा धेरै बैंकिङ उपसूचक १.६१ प्रतिशतले घटेको छ। त्यस्तै, इन्भेष्टमेन्ट उपसूचक १.५२ प्रतिशतले र ‘अन्य’ उपसूचक १.०९ प्रतिशतले गिरावट आएको छ।
आजको कारोबारमा आँखु खोला जलविद्युत कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ। साथै नेशनल हाइड्रोपावर, अपर होपाखोला, एसवाई प्यानल, रिडी पावर, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, हिमाल दोलखा हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर, मञ्जुश्री फाइनान्स र बलेफी हाइड्रोपावर कम्पनीको पनि उल्लेखनीय कारोबार भएको छ।
बजारमा गिरावट देखिँदा २११ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ४८ वटा कम्पनीको मूल्य बढेको छ। चार कम्पनीको मूल्य भने स्थिर रहेको छ। बजार दोहोरो अंकले घटे पनि पाँच कम्पनीको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ।
