कृषि विकास बैंकले खुलायो ठूलो संख्यामा विज्ञापन

तु खबर संवाददाता
२०८२ फाल्गुन १, शुक्रबार १०:०७

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि २४२ जनाका लागि विज्ञापन खुलाएको छ।

बैंकले ६३ जना अधिकृतस्तर र बाँकी २०६ जना सहायकस्तर (प्रशासन) का लागि विज्ञापन खुलाएको हो। सम्बन्धित पदका लागि तोकिएको योग्यता भएका इच्छुक व्यक्तिले फागुन २१ गतेसम्म र दोब्बर दस्तूर तिरी फागुन २८ गतेसम्म अनलाइन मार्फत आवेदन दिन सक्नेछन्।