लुम्बिनी प्रदेश लोक सेवा आयोगले खुलायो भारी संख्यामा विज्ञापन

तु खबर संवाददाता
२०८२ माघ २३, शुक्रबार ११:१८

काठमाडौं । प्रदेश लोक सेवा आयोग लुम्बिनी प्रदेश, बुटवलले प्रदेश निजामती सेवा र स्थानीय निजामती सेवा अन्तर्गत सहायक स्तर चौथो तहका (अप्राविधिक/प्राविधिक) पदहरूमा ठूलो संख्यामा विज्ञापन खुलाएको छ।

आयोगले प्रशासन सेवातर्फ प्रशासन सहायक/लेखा सहायक पदमा, आ. इन्जिनियरिङ सेवातर्फ खानेपानी तथा सरसफाइ टेक्निसियन, अमिन पदमा, इ.कृषि सेवातर्फ पशु स्वास्थ्य प्राविधिक सहायक/पशु सेवा प्राविधिक सहायक/सहायक पशु स्वास्थ्य प्राविधिक/सहायक पशु विकास प्राविधिक, बाली विकास प्राविधिक सहायक/सहायक माटो प्राविधिक/सहायक कृषि प्राविधिक पदमा विज्ञापन खुलाएको हो।

त्यसैगरी ई. स्वास्थ्य सेवातर्फ वैद्य, अ.हे.व./होल्ड चेन सहायक, अ.न.मी., ल्याब असिस्नेन्ट र डार्क रूम असिस्टेन्ट पदहरूमा गरी करीब ३८७ जनाका लागि आवेदन फाराम खुलाएको हो। तोकिएको योग्यता भएका इच्छुक नेपाली नागरिकले अनलाइन माध्यमबाट आवेदन दिनु पर्नेछ। आवेदन आउँदो फागुन ११ गतेसम्म र दोब्बर दस्तूर तिरी फागुन २१ गतेसम्म दिन सकिनेछ।