अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च विन्दुमा
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ ३७ पैसाले बढेर खरीददर १४५.३५ रुपैयाँ र बिक्रीदर १४५.९५ रुपैयाँ कायम भएको छ जुन हालसम्मकै उच्च हो।
यस दिन एक क्यानेडियन डलरको खरीददर १०५.४८ रुपैयाँ र बिक्रीदर १०५.९२ रुपैयाँ कायम भएको छ भने एक सिंगापुर डलरको खरीददर ११२.७० रुपैयाँ र बिक्रीदर ११३.१७ रुपैयाँ कायम भएको छ।
त्यसैगरी एक कुवेती दिनारको खरीदमूल्य ४७४.०५ रुपैयाँ र बिक्रीमूल्य ४७६.०१ रुपैयाँ तोकिंदा एक ओमानी रियालको खरीदमूल्य ३७७.५३ रुपैयाँ र बिक्रीमूल्य ३७९.०९ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ।
हेरौं आजको विनिमयदरः



