सहिद स्मारक प्रिमियर लिगमा गोल्फिन्टार किङ्स अगाडि
मकवानपुर । वागेश्वरी टोल विकास संस्थाको आयोजनामा शनिबारबाट हेटौँडा–११ मा रहेको हेटौँडा एकेडेमीको खेल मैदानमा शुरु भएको सहिद स्मारक प्रिमियर लिगमा हालसम्म गोल्फिन्टार किङ्स अगाडि रहेको छ ।
लिग चरणको तेस्रो चरणको खेल सकिदा तीन खेलमा सबै खेल जितेर गोल्फिन्टार किङ्सले ६ अङ्कका साथ पहिलो स्थानमा कायम गरेको छ ।
यस्तै, तीन खेलमा दुईमा जित र एकमा हार ब्यहोरोको नवलपुर टाइटन्स चार अङ्क जोड्दै दोस्रो स्थानमा छ । यस्तै, बागथली वारीयर्सले तीन खेलमा एकमा जित र दुईमा हार ब्यहोर्दै दुई अङ्क जोडेको छ । थानाभ¥याङ म्याव्रिक्सले दुई खेलमा एकमा जित र एकमा हार ब्यहोर्दै दुई अङ्क जोडेको छ भने हेटौँडा एकेडेमीले तीन खेलमा कुनै पनि खेलमा जित हात पार्न सकेको छैन ।
जारी लिगमा गोल्फिन्टार किङ्स, बागथली वारीयर्स, नवलपुर टाइटन्स, थानाभ¥याङ म्याव्रिक्स र हेटौँडा एकेडेमी गरी पाँच वटा क्लबहरूको सहभागिता रहेको छ ।
मंसिर २० गतेबाट शुरु भएको सहिद स्मारक प्रिमियर लिग आगामी मंसिर २७ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।


