पुँजी बजार राताम्यः डुब्दै करोडौं लगानी, दशैंको प्रभाव कि चलखेल ?
काठमाडौँ । शेयर बजारमा लगातार दुई दिनको भारी गिरावटले लगानीकर्ताको मनोबल कमजोर बनाएको छ । बजारमा आएको गिरावटले धेरै सामान्य लगानीकर्तालाई वित्तीय नोक्सानीमा पारिसकेको छ ।
बजार ३००० बिन्दु नजिक पुगेको बेला केही ठूला माफियाहरूले ३२०० बिन्दु पुग्ने आशामा शेयर खरिदको अभियान चलाएका थिए । तर अहिले ती लगानीकर्ताहरूको ठूलो रकम लगभग बेकार भएको छ । सोझा र सामान्य लगानीकर्ताहरू बजारको यस्तो चलखेलका कारण फस्दै गएको देखिएको छ । यसले बजारको पारदर्शिता र लगानीकर्ताप्रतिको विश्वासमा गम्भीर प्रभाव पारेको छ क।
हाल बजारका सबै सूचकहरू सकारात्मक देखिए पनि बजारले वृद्धि गर्न सकेको छैन । विशेषज्ञहरू यसलाई माफियाहरूको चलखेल र अनियमित गतिविधिसँग जोडेर हेर्दै छन् , लगानीकर्ताहरूले आफ्नो बचत जोखिममा रहेको देख्दा चिन्तित बनेका छन् ।
शेयर बजारको स्थायित्व र सुधारका लागि आवश्यक कदम उठाउनुपर्नेमा लगानीकर्ता दिपेन्द्र अग्रवालले जोड दिएका छन्। उनका अनुसार, जबसम्म आइपीओ र प्रिय आइपीओको भरीभरीको प्रवाह रोकिँदैन, बजारमा सुधार आउन गाह्रो हुने छ।
यता, केहि लगानीकर्ताहरु भने दशैं नजिकिँदै गर्दा शेयर बजारमा भारी गिरावट आएको बताउँछन्। पर्वको समयमा पैसाको जोहो सुरु भएपछि धेरैले आफ्ना शेयर बिक्री गरी नाफा बुक गर्न थालेका छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०.६९ अकंले घटेर २७५०.३० बिन्दुमा कायम भएको छ । आज ३२१ कम्पनीको १ करोड ४८ लाख ५ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ६ करोड १८ लाख २२ हजार रुपैयाँको कारोबार भएको हो ।
यसदिन १३ वटै उपसूचक राताम्य भएको छ । आज वाणिज्य बैंक समूहको ०.७४ प्रतिशत, विकास बैंक समूहको १.५५ प्रतिशत, फाइनान्स समूहको १.१९ प्रतिशत, होटल तथा पर्यटन समूहको १.१८ प्रतिशतले घटेको हो ।
आइतबार २१ कम्पनीको शेयर मूल्य बढेको छ भने २२८ कम्पनीको घटेको छ ।




