गठबन्धन सरकारले कार्यकाल पूरा गर्छ: देउवा

तु खबर संवाददाता
२०८२ असार २३, सोमबार २१:१५

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धन सरकारले आफ्नो पूरा कार्यकाल पूरा गर्ने दाबी गरेका छन्। सोमबार सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक समापन गर्दै देउवाले दुई प्रमुख दलबीच बनेको गठबन्धनले केही समस्या आउन सक्ने भए पनि सहमति र संवादमार्फत समाधान गर्दै सरकारलाई अघि बढाइने बताए।

उनले भने, “यो गठबन्धन पूरा समयसम्म जान्छ, हामीसँग समस्याहरू भएमा मिलाएर जान्छौँ।” देउवाले संविधान संशोधनको विषयलाई पनि सरकारमार्फत अघि बढाउने विश्वास व्यक्त गरे। बैठकमा प्रधानमन्त्री र मन्त्रीहरूको कार्यशैलीप्रति अधिकांश केन्द्रीय सदस्यहरूले धारणा राखेका थीए।

सभापति देउवाले संविधान संशोधनको विषयलाई सरकारले प्राथमिकतामा राखेर अघि बढाउने स्पष्ट संकेत दिएका छन्। यसअघि कांग्रेस कार्यसमितिका सदस्यहरूले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रभावकारीता अभिवृद्धिको माग गरेका थिए। देउवाले सदस्यहरूको आलोचना प्रति जवाफ नदिई गठबन्धन टिकाउने प्रतिवद्धता व्यक्त गरेका हुन्।