जमिनमा भासिएको गाडीका पार्टपूर्जा भेटियो

हेटौंडा । बैशाख १६ गते हेटौंडा उपमहानगरपालिका वडा नं. १६ गौरीटारमा सडक भासिएर पुरिएका गाडीको अवशेष भेटिएको छ ।
जेसिबीको प्रयोग गरेर गाडीको खोजी गरिएकोमा गाडीका टुक्राहरु भेटिएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
माछा बोक्ने ना ४ च ४८३३ नम्बरको बलेरो गाडी सडकमै गाडिएपछि लगातार खोजी गरिए पनि फेला पार्न सकिएको थिएन । पछि भुगर्व विद्को समेत सहयोग लिएर गाडीको खोजी गरिएको भएपनि संभव भएको थिएन ।
वडा अध्यक्ष रामकृष्ण कोइरालाले दिएको जानकारी अनुसार, गाडीका टायर, ढोका लगायतका पाटपूर्जाहरु भेटिएको हो । जेसिवी प्रयोग गरेर खन्दा १० मिटर तल ती पार्टपूर्जा भेटिएको भएपनि सिंगै गाडी भने निकाल्न सकिएको छैन ।