नेको इन्स्योरेन्सको लाभांश घोषणा

तु खबर संवाददाता
२०८२ बैशाख ११,बिहीबार १२:१३

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीको वैशाख ११ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

उक्त निर्णय नियामक निकाय नेपाल बीमा प्राधिकरणले स्वीकृत गरी कम्पनीको आगाामी साधारणसभाबाट पारित भएपछि शेयरधनीहरूमा वितरण हुनेछ।