सर्वोच्चको आदेश : पत्रिकामा छापिएको समाचार हटाउनू, अदालतमा बयानका लागि उपस्थित हुनू

तु खबर संवाददाता
२०८२ बैशाख १०,बुधबार १९:२५

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र टेकप्रसाद ढुंगानाको इजलासले नेपाली पेन नामक अनलाइन पत्रिकाका प्रकाशक डा. दिपेश केसी र कार्यकारी सम्पादक सचिना बानियाँलाई बयानका लागि ७ दिनभित्र अदालतमा उपस्थित हुन आदेश जारी गरेको छ ।

साथै सो अनलाइन पत्रिकाामा प्रकासित समाचार हटाउन पनि अदालतले आदेश दिएको छ ।

सर्वोच्च अदालतका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले पूर्वराजा पूर्वराजा ज्ञानेन्द्रलाई किन भेटे भन्ने शीर्षक राखी समाचार प्रकाशित गरेकोमा सो समाचारले अदालतको अवहेलना भएको दावीसहित सर्वोच्च अदालतका कर्मचारीहरु कमला रेग्मीसमेतले दायर गरेको अदालतको आवहेलना सम्बन्धी रिटमाथि सुनुवाई गर्दै संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।

म्याद तामेल गराउन साइबार ब्युरोको सहयोग लिन पनि अदालतले आदेश दिएको छ ।  सो निवेदनलाई फौजदारी दायरीमा दर्ता गर्न समेत अदालतको आदेश छ ।

अदालतले सो म्याद तीन दिनभित्र तामेल गराउन पनि आदेश दिएको छ ।